मंगलबजारमा एभरेस्टको एक्सटेन्सन काउन्टर

Read Time = 1 min

ललितपुर । एभरेस्ट बैंकले ललितपुरको मंगलबजारमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोजबहादुर न्याच्छौ र एभरेस्ट बैंकका सञ्चालक उर्मिला श्रेष्ठले संयुक्तरूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, एभरेस्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार गौतम, बैंकका बागमती प्रदेशका प्रादेशिक-प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतकोे उपस्थिति रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?