काठमाडौं । काठगमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैँलाई गोली हानी हात्महत्या गरेका छन् ।
दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र आत्महत्या गरेका हुन् ।
उनले आफूले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
घटनाको भारतीय पक्षले नै अनुसन्धान गर्ने बताएको प्रहरी स्रोतले जनाएको छ। उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान पछि मात्रै थाहा हुने जनाइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच