सिंहदरवारभित्रको क्यान्टिनमा भेटियो म्याद गुज्रिएका अखाद्य बस्तु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र रहेको क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा खान अयोग्य वस्तु फेला परेको हो ।

विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनका क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागले जनाएको छ ।

यससँगै टोलीले त्यस्ता वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ । अखाद्य बस्तु प्रयोग गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै तत्काल तीन लाख रुपैयाँ जरिवानासमेत गरिएको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?