एसीसी इमर्जिङ एसिया कप : यूएई ‘ए’ विरुद्ध नेपालको ३ विकेटको जित

कुशल भुर्तेल बलिङ ब्याटिङ दुबैमा चम्किए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसीसी इमर्जिङ एसिया कपमा नेपाल आफ्नो अन्तिम खेलमा यूएई 'ए विरुद्ध ३ विकेटको जित निकालेको हो ।
आज भएको अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने ब्याटिङमा ४३ बल खेल्दै ९ चौका र ४ छक्काको मद्धतमा ७१ रन बनाए ।

श्रीलंकामा जारी खेलमा नेपालले २३ ओभरमा ६ विकेट गुमाएर युएई एले दिएको १५८ रनको सामान्य लक्ष्य पुरा गर्यो । देव खनाल र सन्दीप जोराले समान २४/ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।

कप्तान रोहित पौडेल ९ रन बनाएर आउट भए । त्यस्तै पवन सरार्फ शून्य रनमा आउट भए भने कुशल मल्लले अविजित २ रन र प्रतिश जिसिले ८ रन बनाए ।

बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रन दिएर ५ विकेट लिए । मोहम्मद जगदुलाले ४९ दिएर २ विकेट लिए ।

युएईका लागि लभप्रित सिंहले ८२ बलमा छ चौका र एक छक्काको मद्दतमा ५२ रनको योगदान दिए । त्यस्तै इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ तथा आरयान्स शर्माले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेल एक्लैले छ विकेट लिए भने श्याम ढकालले दुई विकेट झारे । त्यस्तै कुशल मल्ल र पवन सर्राफले समान १/१ विकेट लिए । समूह बी मा रहेको नेपालको आज समूहचरणको आफनो अन्तिम खेल हो । नेपाल र युएई समूह चरणबाट बाहिरी सकेका छन् । आजको खेल प्रतिस्ठाको लागि मात्रै हो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?