५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताउनु भयो । उहाँले बैठकमा मन्त्रीमण्डल बिस्तारका बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सत्तारुढ गठबन्धनले न्युनतम साझा कार्यक्रम तय गर्ने, ५ दिनभित्र न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ । हरेक राजनीति दलले न्युनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ । यो सत्ता साझेदार दलहरुमा संयोजकका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्युलाई अघि बढाउने निर्णय भयो । मन्त्रीमण्डल बिस्तारका विषयमा छलफल भयो । मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा छलफल भयो ।’

गृहमन्त्री लामिछानेले सरकार के का लागि हो भन्नेकुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?