राजीनामा नदिए सरकारले अर्थमन्त्रीलाई कारबाही गर्नुपर्छः शरदसिंह भण्डारी

Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पद त्याग्नुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले जनतामा आलोचित विषय गर्नेले नैतिकताको आधारमा तत्काल पद त्याग्नुपर्ने बताउनुभएको हो ।

उहाँले अर्थमन्त्री शर्माले तत्काल मन्त्री पद छोड्नुपर्ने बताउनु भयो । शर्माले पद नछोेडेमा सरकारले कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।
सांसद भण्डारीले जनतलाई राज्यप्रति अविश्वास हुने गतिविधि गर्नु नहुने बताउनु भयो । उहाँले भन्नुभयो,  ‘जनतामा आलोचित विषयमा, मूल्य मान्यताको बिरुद्धमा जुन कुराहरु आएका छन् त्यो विषयमा तत्काल नैतिकताको आधारमा त्यसले छोड्नुपर्दछ । यदी छोडेन भने तत्काल सरकारले कारबाही गर्नुपर्दछ । ’

उहाँले नागरिकता विधेयक संसदबाट छिटोभन्दा छिटो पारित हुनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?