काठमाडौं । शिशिर योगीको स्वरमा रहेको गीत ‘नजाने भो हाम्रो दुःख’ सार्वजनिक भएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । नारद पोखरेलको शब्द रहेको गीतमा ज्योति प्रकाशको संगीत छ । दीपेन्द्रप्रकाश केसीको निर्देशनमा निर्माण भएको भिडियोमा शुरवीर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय छ ।
भिडियो गाउँघरमा आफ्ना सन्तान नहुँदा बाबुआमाले भोग्नुपरेको पीडा, पछिल्लो समय युवाहरू विदेश पलायन हुँदा गाउँघरमा बाझो बन्दै गएको खेतबारी, साथै समग्रमा व्यवस्था बदलिए पनि नेपालीको अवस्थामा परिवर्तन नआएको कुरालाई विशेष जोड दिँदै तयार पारिएको छ । गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो नुवाकोट थाहा नगरपालिकास्थित कुन्छाल गाउँमा छायांकन गरिएको हो । गोविन्द अञ्जानको छायांकनमा तयार गरिएको भिडियोमा कल्पेश विश्वकर्माको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच