काठमाडौं । बड्दो शहरीकरणसँगै बसाइँसराइको क्रम बढे पनि वास्तविक शहरी जनसंख्या २७.०७ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा वर्गीकरणको नतिजा अनुसार जनगणना २०६८ र २०७८ बीचमा शहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको देखिएको हो ।
यसअघि नगरपालिकामा रहेको जनसंख्यालाई शहरी जनसंख्या मानेर नेपालको शहरी जनसंख्या ६६.१७ प्रतिशत रहेको मानिएकोमा राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार अन्तर्राष्ट्रिय मापदण्ड र वैज्ञानिक विधि अनुसार कुल जनसंख्यालाई शहरी, शहरोन्मुख र ग्रामीणमा विभाजन गरेर नयाँ तथ्यांक सार्वजनिक गरेको हो । कार्यालय सार्वजनिक गरेको नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन अनुसार जनगणना २०६८ र २०७८ बीचमा शहरी जनसंख्या २२.३१ प्रतिशतबाट उल्लेख्य बढेर २७.०७ पुगेको हो ।
शहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको छ । पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ ।
त्यसैगरी शहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको छ । पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्र ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ । भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण विधि अनुसारको विश्लेषणले ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित भएको देखाएको छ । शहरोन्मुख जनसंख्या तराईमा ८५ प्रतिशत र पोखरा महानगरपालिका र काठमाडौंका उपत्यका कारण असन्तुलित हुँदै शहरी जनसंख्या पहाडमा ५३ र तराईमा ३९ प्रतिशत केन्द्रित भएको देखिएको छ ।
स्थानीय तह अनुसार ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण गर्दा गाउँपालिकाहरूका २४ सय १२ वडामा ५८ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्र रहेको देखिन्छ, जबकि अधिकतर शहरोन्मुख छ सय ६४ वडामा ३६.१ प्रतिशत र शहरका एक सय ३९ वडामा ५.९ प्रतिशत जनसंख्या रहेको देखिएको छ । नगरपालिकाहरूको २८.४ प्रतिशत जनसंख्या शहरी क्षेत्रमा पाँच सय ९१ वडा, बहुसंख्या करिब ४६ प्रतिशत शहरोन्मुख क्षेत्रमा १२ सय ८५ वडा र अझै पनि २५.४ प्रतिशत अर्थात् १२ सय ४४ वडा ग्रामीण क्षेत्रमा रहेको देखिएको छ ।
तथ्यांक कार्यालयका अनुसार उपमहानगरपालिकामा पनि ३९ प्रतिशत जनसंख्या शहरोन्मुख विशेषताका क्षेत्रमा र ५३ प्रतिशत शहरी वर्गीकरणको क्षेत्रमा बसोवास गर्ने गरेको देखिएको छ । महानगरपालिकाहरूमा १७ प्रतिशत शहरोन्मुख क्षेत्र छ र २.३ प्रतिशत ग्रामीण विशेषता तथा ८०.७ प्रतिशत शहरी क्षेत्र छ । नगरपालिका भए पनि बसोवास क्षेत्रको मुख्य विशेषता अझै शहरोन्मुख छन् र उल्लेख्य जनसंख्या ग्रामीण परिदृश्यमै छ । त्यसैगरी, शहरी र शहरोन्मुख क्षेत्रको तुलनामा गाउँपालिकाका वडा संख्या धेरै ३६ सय ८५ रहेका छन् भने तिनमा कुल जनसंख्याको ३३ प्रतिशत मात्रै रहेको देखिएको छ ।
प्रदेशगत हिसाबमा मधेस प्रदेशमा सबैभन्दा उच्च १९.९, बागमतीमा १४.६, र सबैभन्दा कम १.२ प्रतिशत कर्णाली प्रदेशमा रहेको छ । मधेस प्रदेशमा बहुसंख्याका वडा नौ सय ७१ शहरोन्मुख विशेषताका रहेका छन् । बढी शहरी क्षेत्र भएको दोस्रो ठूलो प्रदेश बागमतीमा पनि ग्रामीण वडाको संख्या छ सय ७२ छ भने कुल शहरोन्मुख र शहरी वडा चार सय ४९ रहेका छन् । कर्णाली प्रदेशमा छ सय ३७ वडा ग्रामीण विशेषताका छन् भने ७५ वडा शहरी र छवटा वडा शहरोन्मुख रहेका छन् ।
नेपालमा सात सय ५३ स्थानीय तह रहेकोमा दुई सय ९३ नगरपालिका महानगरपालिका र उपमहानगरपालिकासहित र चार सय ६० गाउँपालिका रहेका छन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच