नाबालिक बलात्कार मुद्दामा हदम्याद : १८ वर्ष पुगेपछि ३ वर्षभित्र उजुरी दिइसक्नुपर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ ।

यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि शुक्रबार समितिले नाबालिकको हकमा एक वर्ष बढाएर दुई वर्षको हदम्याद राख्ने निर्णय गरेको छ ।

प्रचलित कानुनअनुसार एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने प्रावधानलाई एक वर्ष वृद्धि गरेर नाबालिकको हकमा दुई वर्षभित्र उजुरी दिनुपर्ने व्यवस्थासहित समितिले निर्णय गरेको सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

साथै थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा थुनामुक्त भएपछि तीन महिना नाघेको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद राख्ने निर्णय गरेको छ । अपहरणमुक्त वा थुनामुक्त भएको तीन औषधि उपचार गर्नका लागि समयसमेत दिने र त्यसपछिको तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने सभापति सभापति पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?