देशभर वर्षाको सम्भावना

Read Time = 2 mins

काठमाडौं

हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार पनि देशभर आंशिकदेखि सामान्य बर्षा हुने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ। दिउँसो देशभर नै केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

आइतबार राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै सोमबार पनि हल्का वर्षा र मौसममा बदली हुने र मंगलबारबाट मौसम खुल्ने मौसमविद्हरुको भनाइ छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?