गण्डकी प्रदेश : सांसद पियारी थापाको आफ्नै अक्षयकोषलाई एक करोड २० लाख बजेट

Read Time = 6 mins

-डम्मर बुढा मगर
बागलुङ । काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा रहेको गाउँमैत्री अक्षयकोषका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा अक्षयकोषका लागि उक्त बजेट विनियोजन गरेको हो । प्रदेश संसाद पियारी थापा र जनवादी कलाकार हेमराज पुन (आश्रम) को विवाहका सन्दर्भमा २०६६ सालमा १० हजारबाट उक्त कोष सुरु भएको थियो ।

व्यक्तिगत रुपमा स्थापित भएको उक्त अक्षकोष अहिले सामुदायिकमा रुपान्तरण गरेको सांसद पियारी थापा बताउनुहुन्छ । उहाँ सिंगो समाजलाई नै समेटेर सामाजिक संस्थाको रुपमा विकास गरेको जिकिर गर्नुहुन्छ । तर स्थानीयले भने सामुदायिक रुपमा भने पनि व्यक्तिको मनोमानी भएको आरोप लगाएका छन् । उक्त अक्षकोषको लागि सांसद थापाले आगामी आर्थिक वर्षको बजेटसहित एक करोड २० लाख रुपैयाँ विनियोजन गर्नु भएको छ ।

अक्षयकोषको अध्यक्ष उहाँकै श्रीमान हेमराज पुन (आश्रम) हुनुहुन्छ भने संरक्षक भने सांसद थापानै भएको पाइएको छ । सांसद थापाले कला, साहित्य र संगीतको संरक्षण तथापहिचानका लागि अक्षयकोष स्थापना गरेको बताउनुभयो । ‘२०६६ सालमा हामीले विशेष सन्दर्भमा कोषको स्थापना गरेका हौँ, हामीले सुरुमा व्यक्तिगत रुपमा स्थापना गरे पनि पछि गएर यसलाई परिवर्तन गरि सामुदायिक बनाएका छौँ’ सांसद थापाले भन्नुभयो ‘अहिले यो संस्थाका रुपमा विकास गरि कला, साहित्य र संगीतको संरक्षण तथा पहिचान गर्ने गरि लागेको छ ।’

वि.सं. २०६६ सालमा स्थापना भएको अक्षय २०६८ सालमा मात्रै दर्ता भएको छ । अक्षकोषका लागि आर्थिक वर्ष २०७७/०७८ मा १० लाख, चालु आर्थिक वर्षमा ५० लाख र आगामी आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोन भएको पाइएको छ । संसाद थापाले अहिले आफ्नो श्रीमान कोषको अध्यक्ष रहेकोमा अब उहाँले नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेको बताउनुहुन्छ ।

सांसद थापाका श्रीमान हेमराज आश्रमले अक्षयकोषले विस्तृत योजनाका साथ संग्राहलय स्थापना गरेको बताउनुभयो । उहाँले अहिले संग्राहलयको तीन तला निर्माण भएको भन्दै त्यसको फिनिसिङ गर्न बाँकी रहेको बताउनुभयो । आश्रमले प्रदेश सरकाले सुरुमा विनियोजन गरेको १० लाखबाट देशकै ठूलो नगरा बनाएको बताउनुहुन्छ ।

‘प्रदेश सरकारले सुरुमा विनियोजनगरेको १० लाखले देशकै ठूलो नगरा निर्माण ग¥यौँ, चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटले तीन तलाको भवन ठडाएका छौँ, आगामी वर्षको बजेटले त्यसको निर्माण सम्पन्न गरि संचालन गर्ने योजना छ,’ आश्रमले भन्नुभयो ‘यहाँ नेपाल लगायत विश्वभरका बाजाहरुको संग्रह गरिने छ ।’

१० हजारबाट सुरु गरेको, उक्त अक्षकोषमा एक लाख २० हजार पुगेको आश्रमको भनाइ छ । अक्षकोषको ६ रोपनी जग्गा समेत रहेको उहाँ बताउनुहुन्छ । आश्रम अक्षयकोष समिति दोस्रो अध्यक्ष हुनुहुन्छ । उहाँ २०६९ सालदेखि अध्यक्षनै रही राख्नु भएको छ । उहाँले विधान अनुसार २/२ वर्षमा साधारण सभा हुने गरेको बताउनुहुन्छ ।

अक्षयकोष सामुदायिक भने पनि व्यक्तिगत तवरले संचालन गरिरहेको एक स्रोतले भन्यो । आधिकारीकता दिनका लागि समिति भए पनि अक्षयकोषको हिसाबकिताब चाहीँ व्यक्तिले नै गर्ने गरेको बुझिएको छ । सोही गाउँका एक स्थानीयले सांसद थापाले अन्य योजनालाई भन्दा यसैलाई बढी प्राथमिकता दिएको बताउँछन् ।

‘मान्यज्यूले अन्य योजनाभन्दा यसलाई विशेष फोकस गर्नु भएको छ, यहाँ कति धेरै नागरिकका समस्या छन् तर उहाँले ति समस्या समाधान गर्नभन्दा अक्षकोषलाई बढी जोड दिएको पाइन्छ,’ ति व्यक्तिले भने ‘अक्षयकोष सामुदायिक भन्छन् तर व्यक्तिकै चल्छ, परिवारकै चल्छ ।’
अक्षयकोष सञ्चालक समितिमा हेमराजका आफन्तहरु मात्रै रहेका छन्, स्रोतले भन्यो, माननीयका श्रीमान र परिवारले सञ्चालन गरेको कोषलाई वषैै पिच्छे बजेट आउँछ, तर यहाँका अरु थुप्रै समस्या छन्, तिनका बारेमा चासो देखिएन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?