तुलसीपुर मलेरिया तथा डेंगुको उच्च जोखिममा, ३३ जनालाई संक्रमण

Read Time = 4 mins

-विवेक खड्का
दाङ । दाङको तुलसीपुर क्षेत्र मलेरिया तथा डेंगुको उच्च जोखिममा रहेको देखिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने मलेरिया र डेंगुका बिरामी तुलसीपुरमा चालु वर्षमा ३३ जनामा संक्रमण देखिएको छ ।

विभिन्न समयमा गरेर एक वर्षको अवधिमा तुलसीपुरमा ३३ जनामा डेंगु र मलेरिया देखिएको हो । तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले चालुवर्षमा मलेरियाका दुईजना र डेंगुका ३१ जना बिरामी फेला परेको बताउनुभयो । यसबाट पूर्णरूपमा सजकता अपनाउन सबैमा आग्रहसमेत गरिएको छ । ‘तुलसीपुर मलेरिया, डेंगुको जोखिममा छ तर चालुवर्षमा फेला परेका बिरामी बाहिरबाट आएका थिए’ उहाँले भन्नुभयाे,‘जोखिम बढी भएकाले सावधानी अपनाउन आवश्यक छ ।’

नेपालबाट सन् २०२५ सम्म यस्ता किसिमका सरूवा रोग उन्मुलन गर्ने लक्ष्यअनुरूप तुलसीपुरमा मलेरिया, डेंगु, कालाजार, स्क्रबटाइफस जस्ता रोगबाट बच्न आवश्यक सचेतना र रोग निवारणका लागि समय–समयमा नमुना परिक्षण गरिरहेको उहाँले बताउनुभयो । उहाँले पछिल्लो अवस्थामा हेर्दा चुनौतीपूर्ण देखिएको बताउनुभयो ।

डेंगु तथा मलेरिया लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्काे ब्यक्तिमा सर्ने गरेको डाक्टरहरूको भनाइ छ । डेंगु रोग चार प्रकारका रहेका छन् । जसअन्तर्गत डेन वान अर्थात् सुरूवाती चरण रहेको र क्रमशः डेन टु, थ्री हुँदै फोरसम्म पुग्दा मानिसको मृत्युसम्म हुन सक्ने भएकाले सजग हुन डाक्टरले सुझाव दिएका हुन् ।

सन् २००४ मा डेंगु तथा मलेरिया रोग नेपालमा भित्रिएको हो । मलेरिया तराई तथा मधेसका जिल्लामा हुने भएपनि पछिल्लो समय संक्रमितको सम्पर्कमा आउँदा हिमाली जिल्लाका मानिसमा समेत देखिएको डाक्टरको भनाइ छ । नेपालमा प्रायः गरेर दुई प्रकारका औलोका बिरामीहरू देखिएको केसीले बताउनु भयाे । वर्षायाममा लामखुट्टे–लगायतका विभिन्न किराको टोकाइबाट डेंगु, मलेरिया, कालाजार लगायतका रोग बढी देखिने गरेका छन् ।

रोगबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरआँगन सफा राख्ने तथा सुत्दा झुल लगाएर सुत्ने तथा पूरा शरीर ढाकिने गरी कपडा लगाउने तथा लामखुट्टे भगाउने खालका मलम लगाउन डाक्टरहरूले सुझाव दिएका छन् । डेंगु तथा मलेरियाबाट संक्रमित भएमा प्रसस्त झोलिलो कुरा खाने तथा समयमै चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने डाक्टरको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?