‘चिठ्ठी’ को ‘टुटेको तारा’ मा शिवको स्वर

Read Time = 2 mins

काठमाडौं । लोकप्रिय गायक शिव परियारले नयाँ चलचित्र ‘चिठ्ठी’ को ‘टुटेको तारा’ बोलको गीतमा स्वर दिनुभएको छ । गीतमा डा.कृष्णहरि बरालको शब्द रचना, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको एरेञ्जर छ । गीतको शब्द आफूलाई मन परेको शिव बताउनुभएको छ ।

माधवराज खरेलको निर्देशन रहेको यो चलचित्रको गीतको सोमबार राजधानीको फाइन टियुन स्टुडियोमा रेकर्डिङ गरिएको हो । एरा प्रोडक्सनको व्यानरमा कमला जोशी निर्माता रहेको चलचित्रमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर (खबपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुसाल, कञ्चन चालिसे, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानुलगायतको अभिनय देख्न सकिनेछ ।

चलचित्रमा राजेश कुमारको सम्पादन र जीवन पराजुलीको छायांकन छ । काठमाडौं, काभ्रेपलाञ्चोक, ललितपुरलगायत जिल्लामा खिचिएको चलचित्रको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्मात्री जोशीले जानकारी दिनुभयो । कमेडी जनरामा बनेको चलचित्रमा सस्पेन्स र थ्रिलर पनि रहेको उहाँँको भनाइ छ । चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?