आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

Read Time = 1 min

कठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिनुभयो ।

सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

१९ वर्षसम्म मिहिनेत गरेर दर्शकको विश्वास जितेको र सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाइएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?