प्रचण्डको दिल्ली भ्रमणप्रति रावलको टिप्पणी- निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति !

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति कटाक्ष गर्नुभएको छ।

सोमबार बिहान ट्वीट गर्दै रावलले प्रचण्डको दिल्ली भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नभएको प्रसंगलाई निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिएको टिप्पणी गर्नुभएको छ ।

रावलले प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उच्च तहको भ्रमणमा भेटवार्ता र विष्यवस्तु पहिल्यै निर्धारण हुने बताउनुभएको छ । उहाँले झुकनीतिको आसे र दासे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्ने बताउनुभएको छ ।

रावलले भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै यसबाट नेपाली कम्युनिस्ट नेताले सिक्ने कि नसिक्ने भनि प्रश्न समेत उठाउनुभएको छ । नेपाली कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्ट पार्टी बलियो नहुने भन्दै उहाँले आरजु राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी रहेको टिप्पणीसमेत गर्नुभएको छ ।

रावलले भन्नुभएको छ, माओवादी नेता प्रचण्ड र भाजपाबीच दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे । यही हो ‘जनयुद्ध’ को लक्ष्य ? यस्तै कामकुराले देश कमजोर हुँदैछ ।अझ प्रम पत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी छ । राष्ट्र हितप्रति खेलवाड र स्वार्थको भद्दा रुप ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?