सुनको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ थियो ।

मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँ र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको थियो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?