काठमाडौं । विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ । मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जना रहेका छन् ।
महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुनेगरी काम गर्न निर्देशन दिनुभयो।
उहाँले आ–आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा दत्तचित्त भएर सेवाभावका साथ काम गर्ने विश्वास व्यक्त गर्दै चिकित्सकहरूले अस्पतालमा आउने सम्पूर्ण विरामीलाई आफ्नै घरमा अभिभावक स्वंयले नै हेरचाह र ख्याल गरिरहेको महशुस हुने गरी स्वास्थ्य सेवा र उपचार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
महानिरीक्षक सिंहले प्रहरी संगठन आफैमा गतिशील हुने र सरुवा बढुवा लगायतमा सबै कर्मचारीहरूको समान मूल्याङ्कन हुने भएकोले अझै बढी कटिबद्ध एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताउनु भयो ।
समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए एम चन्द्र बहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरूपयोगका कारण अपराधको क्षेत्रमा देखापरेका नविनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्ययोजना, संगठनको मूल्य मान्यता र नीति नियमको अधिनमा रही इमान्दारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच