कांग्रेस नेता निधि भारतीय नेताहरुसँगको भेटघाटमा व्यस्त

Read Time = 3 mins

नयाँदिल्ली । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानबीच शिष्टाचार भेटघाट भएको छ।

मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोग गर्ने लगायतका बिषयमा कुराकानी भएको थियो।

१६ बर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहनुभएको चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ। जवाफमा उहाँले निकट भबिश्यमै नेपाल भ्रमण गर्ने बताउनु भयो ।

यसैबीच, नेता निधि र राष्टिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री (शर कार्यबाह) दत्तात्रेय होसबोले बीच भेटघाट भएको छ।
मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा कुराकानी भएको थियो। यसैगरी, दुई देशको धर्म, संस्कृति, राजनीति, आर्थिक विकास तथा आपसी सम्बन्धबारे छलफल भएको थियो।

महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भातृसंगठन अखिल भारतीय विद्यार्थी परिषद्का महामन्त्री भएर काम गरिसक्नुभएकाे छ । इन्दिरा गान्धीको शासनकालमा भारतमा संकटकाल जारी हुँदा उहाँ १६ महिना जेल पर्नुभएको थियो ।

काठमाडौंस्थित आरएएसका प्रचारकहरुको भनाईमा अध्यक्ष मोहन भागवतपछिका कार्यकारी प्रमुख होसबोले हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?