सडक स्तरोन्नतिमा १६ लाख हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मु्द्दा दायर गरेको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम निकासा गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले इन्जिनियर रायसहित इन्जिनियर रामकिशोर साह, सब–इन्जिनियर प्रेमचन्द्र झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सर्लाहीको रामनगर गाउँपालिका–६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडक स्तरोन्नति गर्न आर्थिक वर्ष २०७५÷७६ मा विनियोजन गरिएको रकममध्ये १६ लाख ५९ हजार ९७२ रुपैयाँ हिनामिना भएको पुष्टि गर्दै विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रतिवादीमध्ये चार जनालाई हिनामिना भएको रकम बराबरको बिगो कायम गरी जफत गर्न तथा कैद र जरिबाना हुन मागदाबी लिइएको छ । लेखा अधिकृत महम्मद दाउदमाथि निर्माण कम्पनीलाई बिलबिजकसमेत जारी गर्न नलगाई भरपाईको भरमा सबै रकम भुक्तानी दिँदा मूल्य अभिबृद्धि वापतको कर राजस्व चार लाख ९७ हजार ५६६ रुपैयाँ चुहावट गराएको देखिएको अख्तियारले जनाएको छ ।

लेखाअधिकृत दाउदमाथि राजस्व चुहावट रकमको दोब्बर नौ लाख ९५ हजार १३२ रुपैयाँ जरिबाना हुन माग गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?