क्रिप्टो कारोबार गरे कारबाही

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फन्ड जस्ता कारोबारप्रति पुनः सचेत गराएको छ । बैंकले सोमबार विज्ञप्ति जारी गर्दै उल्लेखित कारोबार गैरकानुनी रहेको भन्दै क्रिप्टोलगायतको कारोबारमा संलग्न नहुन सचेत गराएको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीले कुनै पनि भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी जस्ता कारोबार गरेमा कानुनबमोजिम कारबाही हुने केन्द्रीय बैंकले चेतावनीसमेत दिएको छ ।

पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्ड कारोबार गर्ने, गराइने गरेको पाइएमा संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङसम्बन्धी कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?