ज्योतिको ‘सुपर स्मार्ट सेभिङ’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ज्योति विकास बैंकले विशेष छुटसहितको ‘सुपर स्मार्ट सेभिङ’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा उक्त बचत योजना सार्वजनिक गरेको हो ।

जुन न्यूनतम मौज्दात १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधा निःशुल्क तथा विशेष छुटसहितको निक्षेप योजना हो । ग्राहक वर्गको आवश्यकतालाई मध्यनजर गर्दै अधिकतम् लाभ प्रदान गराउनुका साथै आर्थिकरूपले समृद्ध बनाउने उद्देश्यका साथ ल्याइएको बैंकले जनाएको छ ।

बचत खातामा ग्राहकले न्यूनतम १५ मौज्दातमै १५ महिनासम्म विभिन्न १५ सुविधा निःशुल्क तथा विशेष छुटसहित पाउन सक्ने बैंकले जनाएको छ । उच्चतम् ७.५ प्रतिशत ब्याजदर, अन्य बैंकको एटिएमबाट महिनाको दुईपटकसम्म निःशुल्क नगद, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड, मासिक ब्याज भुक्तानी, निःशुल्क डिम्याट खाता, निःशुल्क डिम्याट नवीकरण, निःशुल्क सि-आस्वा, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन र नवीकरण, मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५० प्रतिशत छुट, वार्षिक लकरमा ५० प्रतिशत छुट तथा धितो रकममा ३० प्रतिशत छुट र निःशुल्क डलर कार्डलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?