अर्थतन्त्रका चुनौति र समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक : व्यवसायी

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरुले अर्थतन्त्र सुुधार गर्ने प्रमुख दायित्व सरकारको भएको बताए ।

उनीहरुले अर्थतन्त्रको सुधार गर्न केही संरचनागत सुधार गर्न आवश्यक रहेको पनि बताए । व्यवसायीहरुले सरकार,राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोर कम गर्न आवश्यक रहेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गरेर समाधानको लागि गम्भिर पहल तत्काल थाल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्र समस्यामा छैन भन्दै गर्दा सरकारले जीडिपीको तथ्याङ्क किन सार्वजनिक नगरेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले राष्ट्र बैंकले नियमनमा चासो बढाउँदै लैजाँदा माइक्रोम्यानेजमेण्टतर्फ आकर्षित भएको आरोप लगाउनु भयो । उहाँले सामुहिक कर्जामा सुक्ष्म निगरानीका सम्बन्धमा केन्द्रिय बैंकले लगाएको अंकुशले अर्थतन्त्र र व्यवसायिक वातावरण प्रतिकुलतासँगै अव्यवहारिक रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र सुधारको विषयमा भगवान भरोसा नबस्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अर्थतन्त्रका सकारात्मक रहेका सूचकहरुमा विमति छैन । अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गरी समाधानको लागि गम्भिर पहल थाल्नुपर्छ । अर्थतन्त्र समस्यामा छैन भन्ने हो भने सरकारले जीडिपीको तथ्याङ्क किन सार्वजनिक गरेको छैन । आर्थिक वर्ष २०७९÷०८०मा वार्षिक वृद्धिदर २.१६ हुने अनुमान थियो । छ । राष्ट्र बैंकले नियमनमा चासो बढाउँदै लैजाँदा माइक्रोम्यानेजमेन्ट तर्फ आकर्षित भएको होकी भन्ने देखिएको छ । सामुहिक कर्जामा सुक्ष्म निगरानीका सम्बन्धमा केन्द्रिय बैंकले लगाएको अंकुशको अर्थतन्त्र र व्यवसायीक वातावरणको प्रतिकुलतासँगै अव्यवहारिक छ । यसबाट ठूला उद्योग व्यवसाय थप समस्यामा पर्ने छन् । मुलुकको अर्थतन्त्र सुधारको लागि सरकारसँग नै निर्भर छ । सरकार नै अर्थतन्त्रमा केही भएको छैन भनि बस्ने हो भने अर्थतन्त्रको समस्या थप चर्कने अवस्था छ । अर्थतन्त्र सुधारको विषयमा जे गर्छन पशुपति नाथले नै गर्छन । भनेर बस्नु हुँदैन । नबसौं मेरो आग्रह छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार,राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोरलाई घटाउन आवश्यक रहेको बताउनु भयो । उहाँले तत्काल बैंकको ब्याजदर एकल अंकमा ल्याउन सकियो भने मात्रै मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने दाबी गर्नुभयो । उहाँले मुलुक विदेशबाट आउने रेमिट्यान्समा मात्रै रमाउनु नहुने भन्दै देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवद्र्धन गरी उपभोग र निर्यात गर्ने विधिमा जान आवश्यक देखिएको बताउनु भयो । उहाँले जलविद्युतको क्षेत्रमा नेपालको भविष्य राम्रो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकार,राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोरलाई कसरी घटाउन सकिन्छ । सकेसम्म तत्काल बैंकको ब्याजदर एकल अंकमा ल्याउन सकियो भने मुलुकको अर्थतन्त्र चलायमान हुन्छ । मुलुक विदेशबाट आउने रेमिट्यान्समा मात्रै रमाउनु भएन । देशमा भएको प्राकृतिक स्रोत साधनलाई प्रवद्र्धन गरी उपभोग र निर्यात गर्ने विधिमा जानु पर्छ । जलविद्युतको क्षेत्रमा नेपालको भविष्य राम्रो छ । कतिपय ऐन र नियमका कारण प्रशस्त रुपमा निर्यात हुनसक्ने जडिबुटीहरु हुन सकेको छैन । १३ खर्बसम्म जडिबुटी जन्य वस्तुहरु निर्यात गर्नसक्ने सम्भावना रहेको छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ ।’

उहाँले राज्यका कतिपय ऐन र नियमका कारण प्रशस्त रुपमा निर्यात हुनसक्ने जडिबुटीहरु निर्यात हुन नसकेको बताउनु भयो । उहाँले १३ खर्बसम्म जडिबुटीजन्य वस्तुहरु निर्यात गर्नसक्ने सम्भावना रहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?