दाङबाट पाँचसय बढी खसीबोका निर्यात

फाइल तस्बिर

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । दशैँ तिहारका लागि दाङबाट ५ सय बढि खसीबोका काठमाडाैं निर्यात भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरले दशैं तिहारका लागि तीन दिनमा ५ सय बढि खसीबोका काठमाडौं पठाएको हो । कम्पनीले आइतबारदेखि खसीबोका खरिद गरि रहेको छ ।

खाद्यले आइतबार १ सय ६८ र सोमबार २ सय र आज मंगलबार १ सय ९६ गरि ५ सय ६४ खसी बोका काठमाडौं पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मूख्य शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले बताउनुभयो । प्रमुख सुनारले भोली कार्तिक २ गते सम्म खसीबोका खरिद गर्ने बताउनुभयो ।

कार्यालयले यसवर्ष दाङबाट सात सय खसीबोका खरिद गरेर काठमाडौं पठाउने छ । गतवर्ष दशैँ तिहारका लागि दाङबाट १ करोड १२ लाखको खसीबोका काठमाडाैं पठाएको खाद्यले यसवर्ष १ करोड २० लाखको खसीबोका निर्यात गर्ने योजना बनाएको छ ।

खाद्यले जिउँदो खसीको मूल्य २५ केजी भन्दा माथीका प्रतिकिलो ५ सय ६२ रुपैयाँ तोकेको छ । यस्तै २० देखि २५ केजी सम्मको खसी प्रतिकिलो ५ सय ४५ रुपैयाँ र १८ केजी भन्दा माथीको बोका प्रतिकेजी ५ सय ४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?