काठमाडौं । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आफ्नो टोलीले अझ राम्रोसँग प्रेसरलाई म्यानेज गर्नुपर्ने बताउनुभएको छ ।
वेस्ट इण्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आईतवार हार व्यहोरेपछि प्रशिक्षक मोन्टीले सो धारणा व्यक्त गर्नुभएको हो । बलिङमा साझेदारी राम्रो रहेको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले सागर ढकाल र कुशल भुर्तेलको बलिङ सुखद् रहेको बताउनु भयो ।
प्रशिक्षक मोन्टीले राम्रो शुरुवात गरे पनि लोकेश बमको क्रयाम्पपछि मोमेन्टन चेन्ज भएको प्रतिक्रिया दिनुभयो । पावर प्लेमा छिटै विकेट पतन हुँदा दबाबमा परेको उहाँको भनाइ छ । तर त्यो दबाब नेपालले अझै राम्रोसँग म्यानेज गर्नसक्ने प्रशिक्षक मोन्टीको बुझाइ छ ।
प्रशिक्षक मोन्टीले ट्वान्टी–२० मा यस्तो अवस्था आउने बताउनु भयो । तर यहाँबाट सिक्नुपर्ने उहाँको भनाइ छ । प्लेइङ एलाभेनमा सबैलाई आफ्नो भुमिका राम्रोसँग दिइएको हुने तर आज त्यसअनुसार हुन नसकेको प्रशिक्षक मोन्टीको भनाइ छ । उहाँले आजको खेलमा ब्याटिङ साझेदारीमा कमी देखिएको पनि बताउनु भयो । यद्यपि, रोहितले राम्रो खेलेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच