विमान डिले भएपछि छानबिन समिति गठन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ ।

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।

निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको  भन्दै उडान डिले गरिएको थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ । तर, निगमले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?