कुवेतले साफ च्याम्पियनसिप खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले पहिलो पटक साफ बाहिरको टिमलाई समावेश गर्ने निर्णय गरेको छ । दक्षिण एसियाली फुटबल फेडेरेसनको आयोजनामा सञ्चालन हुने १४औँ संस्करणको साफ च्याम्पियनसिपमा कुवेतको सहभागिता निश्चित भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार कुवेतले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको हो ।

साफ च्याम्पियनसिप आगामी असारमा आयोजना हुनेछ । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंग्लोरमा हुनेछ । यसअघि साफको १४औँ संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो । फिफाको प्रतिबन्धका कारण यस संस्करणमा श्रीलंकाले खेल्ने छैन ।

अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएका थिएनन् । माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो । दक्षिण एसियाली देशहरूबीचको प्रतियोगितामा प्रतिस्पर्धा स्तर बढाउन भन्दै आमन्त्रित टिमहरूलाई सहभागिता गराउने नीति साफले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?