एमसीसीबारे व्याख्यात्मक घोषणाको खेस्रो तत्कालीन सरकारले जनता झुक्याएको मात्र हो : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा भएको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमसीसी कार्यान्वयनमा जाने स्पष्ट पार्दै १२ बुँदे ब्याख्यात्मक घोषणा भने झुटको खेस्रो भएको बताउनु भयो ।

‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरुले जनतालाई दिएको धोका हो । संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

सिरहामा आजदेखि आयोजना हुने पार्टीको सचिवालय बैठकमा सहभागी हुन विराटनगर पुग्नुभएका अध्यक्ष ओलीले तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिएको बताउँदै झुट बोलेर र प्रभावमा पारेर पास गराउने गलत बाटो लिएको बताउनु भयो ।

पहिला नै पास गर्दा ठीक हुन्छ–हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर सरकारले केही नगरेको उहाँको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?