एसिया कप : पाकिस्तानविरुद्ध भारतले दियो ३५७ रनको विशाल लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध भारतले ३५७ रनको विशाल लक्ष्य दिएको छ ।

केएल राहुल र विराट कोहलीको शतकमा भारतले जितका लागि पाकिस्तान सामू ३ सय ५७ रनको लक्ष्य दिएको हो ।

कोहली १२२ र राहुल १११ रनमा अविजित रहे । उनीहरुले दोस्रो विकेटका लागि २३३ रनको साझेदारी गरे ।

आईतबार स्थगित खेल आज भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो ।

भारतले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गरेको थियो । कप्तान रोहित शर्माले ५६ र सुभमन गिलले ५८ रन बनाएका थिए । कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए ।

पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १र१ विकेट लिए ।

आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?