अफगानिस्तानको मस्जिदमा भएको विष्फोटमा परी कम्तीमा २१ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काबुल । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिदमा भएको बम विष्फोटमा परी कम्तीमा २१ जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा गराइएको सो विष्फोटमा परी अरू ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरूले जनाएका छन् । तालिवानले मस्जिदमा भएको बम आक्रमणको निन्दा गरेको छ ।

अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहउल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताउनुभएको अफगानिस्तानबाट प्रसारण हुने टोलो न्यूज समाचार च्यानलले जनाएको छ ।

साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पु¥याइएको जनाइएको छ । घाइतेहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्नेसमेत अनुमान गरिएको छ । तालिवानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ ।

दुई साताअघि काबुलमा भएका दुईवटा घातक विष्फोटमा दशजनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए । आतंकवादी संगठन इस्लामिक स्टेटले दुवै आक्रमणको जिम्मेवारी लिएको थियो । अफगानिस्तानमा तालिवान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको छ । प्रत्यक्षदर्शीले सो आक्रमण आत्मघातीले गराएका बताएका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?