काठमाडौं । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ । टोली आज त्यसतर्फ जानेछ ।
नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट रहेका छन् । प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा जीवनसिंह कुँवर छन् । प्रतियोगिता अगष्ट २३ देखि २७ तारिखसम्म हुनेछ ।
यही टोली पुणेमा अगष्ट २९ देखि सेप्टेम्बर ४ तारिखसम्म हुने इन्डिया जुनियर ग्राँ पिमा सहभागी हुनेछ । दुवै प्रतियोगितामा नेपालले पुरुष/महिला सिंगल्स/डबल्स र मिक्स डबल्मा गरी ५ स्पर्धामा सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका सचिव नवीनविक्रम शाहले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिदाइ गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच