सनराइज बैङ्क र कोषबीच सम्झौता

Read Time = 2 mins

काठमाडौंं । सनराइज बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कर्जा सुरक्षण नियमावली २०७५ (दोस्रो संशोधन) को अधिनमा रही सम्झौता भएको छ । कोषको काठमाडौं कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार सनराइज बैङ्कले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?