एभरेस्ट तेक्वान्दो पहिलो साता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा तेस्रो माउन्ट एभरेस्ट इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घले पत्रकार सम्मेलन गरेर असोज ६ देखि ९ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगिताअन्तर्गत जुनियर ग्योरोगी असोज ७ गते र सिनियर ग्योरोगी ८ र ९ गते हुनेछ । प्रतियोगितामा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिला गरी आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

नेपाल तेक्वान्दो सङ्घ र गण्डकी प्रदेश तेक्वान्दो सङ्घको आयोजनामा हुने प्रथम माउन्ट एभरेस्ट जिसिएस इन्टरनेसनल ओपन पुम्से तेक्वान्दो च्याम्पियनसिप ६ गते हुनेछ । दुवै प्रतियोगिता पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?