सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविरमा बालबालिकासहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयाे ।

शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधारणले अनुभवी चिकित्सकद्वारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भन्नुभयाे, ‘शिविर संचालनले सेवा लिएका सर्वसाधरण लाभान्वित भएका छन् ।’

उहाँले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार २० जनालाई अर्थोपेडिक सामग्री, २ जनालाई व्हीलचेयर, ३ जनालाई वाकर, ४ जना वैशाखी समेत उपलब्ध गराइएको बताउनुभयाे ।‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परिक्षण गर्दा दश जनाको अपरेशन गर्नुपर्ने देखिएको छ’ उहाँले भन्नुभयाे, ‘अब उनीहरुको निःशुल्क अपरेशन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’

उहाँका अनुसार उक्त शिविरको परिक्षण मार्फत दुई जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात निःशुल्क उपलब्ध गराइने छ । सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरिएपनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथीका सर्वसाधरणलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताउनुभयाे ।

शिविरमा हात र खुट्टासगँ सम्बन्धित शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरु परिक्षणका लागि बढी आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?