अर्थतन्त्र सुधारोन्मुख अवस्थामाः गभर्नर

फाइल तस्बिर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभएको छ । उहाँले करिब १० अर्बअन्दा बढी डलरको सञ्चितिमा रहेकाले १० महिनाको आयातलाई धान्न सक्ने अवस्था रहेको पनि बताउनुभयो । शुक्रबार काठमाडौंको दोस्रो अर्थशास्त्री सम्मेलन उद्घाटन गदै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले पुस मसान्तको तथ्यांकअनुसार झण्डै एक खर्बको शोधनान्तर बचत रहेको बताउनुभयो । गत वर्षको सोही अवधिमा दुई खर्ब ४१ अर्बको घाटा रहेको थियो । साथै गभर्नर अधिकारीले २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको भन्दै आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको बताउनुभयो । अधिकारीले अहिले लङ-टर्म इन्भेष्टमेन्टबारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्न सक्ने भन्दै आवाजविहीन र साना लगानीकर्ताका लागि दुई करोडभन्दा कम लगानी गर्नेका लागि बेसरेटमा दुई प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी लङ-टर्म इन्भेष्टमेन्ट गरिरहेका छौँ । जग्गामा लगानी गरेका छौँ । होटल बनाएका छौँ तर रेट फ्लो टिन इन्जोय गर्छौं भने पक्कै हामीलाई समस्या पर्छ । यो विषयमा हामीले ओरियन्टेसन गराउन नसकेको लिट्रेसी दिन नसकेको हुन सक्छ । यसमा हामी अहिले एग्रेसिभ रूपमा लागिरहेका छौँ । २०४६ सालदेखि राष्ट्र बैंकले इन्ट्रेस सन्दर्भमा डिरेगुलाइज गरेको हो । हामीले मार्केटलाई छोडेको हो ।

अब यो विषयमा पनि बहस होस् । के मार्केटले यही चाहेको हो त ? के निजी क्षेत्रले यही चाहेको हो ? हामी ०४६ सालभन्दा अघि जान खोजिएको हो ? यसमा पनि छलफल होस् ।’ गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेकोसमेत बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?