काठमाडौं । गायिका तथा गीतकार अनिला राईको दुई कृति सार्वजनिक गरिएको छ । गीति एल्बम ‘एञ्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ काठमाडौंमा एक समारोहबीच एकसाथ लोकार्पण गरिएको हो ।
गायिका बर्थ–डे केक काटेर सुरु गरिएको कार्यक्रममा अनिलाको गीति एल्बम ‘एञ्जेलिना’, गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ तथा कविता संग्रह ‘अक्षरको ऐना’ सार्वजनिक गरियो । ‘अक्षरको ऐना’ गायिका अनिलाका बुबा गंगा राईले लेख्नुभएको हो ।
बाबु–छोरीको कृति प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ अमर गिरि, वरिष्ठ कवि भूपाल राईलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभयो । सार्वजनिक गरिएको ‘एञ्जेलिना’ अनिलाको सातौँ एल्बम हो । गीति पुस्तक भने उहाँको पहिलो हो । एल्बम ‘एञ्जेलिना’ मा नौवटा गीत छन् । जसमा अनिलाको एकल शब्द छ । जसमा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिँडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् ।
यी गीतहरूमा सातवटामा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले स्वरमा साथ दिनुभएको छ । ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशन राईले गर्नुभएको हो ।
यस्तै, ‘ढिँडो र सिस्नु’ मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’ मा सचिन सिंहको संगीत रहेको छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहित छन्, जसमध्ये नौवटा गीत रेकर्ड गरिएको हो । यस्तै, सार्वजनिक गरिएको गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ मा २४ कविता रहेका छन् । कार्यक्रममा तीनवटा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’ को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच