बाराको मटिअर्वा र सिम्रौनगढ छोटी भन्सार पुन: संचालनमा

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । बिगत लामो समयदेखि बन्द रहेको बाराको मटिअर्वा र सिम्रौनगढ भन्सार संचालनमा आएको छ । तीन चार वर्ष देखि बन्द रहेको छोटी भन्सार कार्यालयहरु संचालनमा आएपछि सर्वसाधारणहरुलाई मालसमानहरु ओसार पसार गर्न सजिलो भएको मटिअर्वा छोटी भन्सार कार्यालयले जनाएको छ ।

फागुन १ गतेदेखि संचालनमा आएको मटिअर्वा भन्सारले १ दिनमा १३ हजार भन्दा बढी राजश्व संकलन गरेको मटिअर्वा भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठले बताउनुभयो ।

वीरगंज भन्सारले २५ हजारसम्मको सरसमानहरुको भंसार काटन आदेश दिएको उहाँले बताउनुभयो । फागुन १ गते देखि ४ गते सम्म २६ हजार ४ सय २३ रुपैयाँ राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

यसै गरि सिम्रौनग भन्सारबाट पाँच हजारसम्मको भन्सार काटने गरिएको छोटी भन्सार कार्यालय सिम्रौनगढका प्रमुख जगत गुरुङ्गले बताउनुभयो । फागुन १ गते देखि संचालनमा आएको छोटी भन्सार सिम्रौनगढबाट ४ गतेसम्म ११ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

बारा जिल्लाको पश्चिममा पर्सा र पूर्वमा रौतहट जिल्ला पर्दछ । रौतहट र पर्सा जिल्लामा भन्सार कार्यालयहरु रहेका छन् । तर बारा जिल्लामा दुई वटा मात्र छोटी भन्सार कार्यालय रहेको छ । जसले गर्दा सवारी साधनहरु आवत जावत गर्न र पर्यटक भित्रयाउन समस्या हुदै आएको सिम्रौनगढ नगरपालिकाका पूर्व नगरप्रमुख विजयशंकर यादवले बताउनुभयो ।

विश्व प्रसिद्ध गढीमाई मन्दिर, ऐतिहासिक सिम्रौनगढ दरबार, झरोखर पोखरी, रानीवास, बारागढी, लगायतका पर्यटकीय स्थल हेर्न र घुम्न आउने पर्यटकहरुलाई समस्या हुँदै आएको छ । सवारीको इन्ट्री मात्र गर्ने भएकोले उनीहरुलाई दुई चार दिन बस्न र घुम्न आउन समस्या रहदै आएको छ । बारामा रहेको छोटी भन्सार कार्यालयहरुको स्तरोन्नति नभएसम्म पर्यटकहरु भित्रयाउन नसकिने उहाँले बताउनुभयो ।

बारामा मुल भंसारको स्थापनाको लागि छलफल भइरहेको संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी साहले बताउनुभयो । हामी बारामा मुल भन्सार स्थापना गराउन लागि परेका छौ, उहाँले भन्नुभयो,‘अहिले कर्मचारी अभाव र अर्थ अभावको कारण केही समस्या देखिए पनि चाँडो भन्दा चाँडो बारामा मुल भन्सार स्थापना गराउन आफू निरन्तर प्रयासमा रहेको उहाँले बताउनुभयो ।’

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७९ सालको चुनावमा उहाँ प्रतिनिधि सभासदस्यमा निर्वाचित हुनु भएको हो । आफनो जिल्लाको जनताहरुले भंसार अभावमा झेल्दै आएको पिडालाई आफूले नजिकबाट नियालेको र यसको समाधान गराउन तर्फ आफू अग्रसर रहेको उहाँले जानकारी दिनुभयो ।
बारा जिल्लामा संचालित मटिअर्वा छोटी भन्सारलाई २५ हजारसम्मको र सिम्रौनगढ छोटी भन्सार कार्यालयलाई ५ हजारसम्मको भन्सार राजश्व बुझन आदेश गरिएको वीरगंज भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढकालले बताउनुभयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kanhaiya sah
Kanhaiya sah
2023-02-20 5:47 pm

Sabie Saman gharlu products bikri Bhart border tir awat jawat marketing garn. Nepal ko Sabie bhart border sima naka tir janxun.all sampurn 1dakhi 7no pardesh ko border sabie. Nepal baypari pasal chili raho xun nepali baypari bahut jyadda chintit dukhi xun Kasi pasal 40km Sam border market dharie asser paroko x.nepali baypari bank run tirn saki raho ko xun. Nepal government Arab ruppeya rajsoo sima ma pure border ma taskari dharie Saman kapda pan masala gukhta surti biddi Indian products. Indian sima naka dhanyan Dinu sima naka bhart. Ko band garnu pariyo.please.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?