नयाँदिल्ली । भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगटको हत्यामा संलग्न भएको आशंकामा भारतीय प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । यसरी यस प्रकरणमा अहिले चारजना प्रहरीको हिरासतमा छन् ।
यसअघि शुक्रबार फोगाटका पिए सुधीर सांगवान र सहयोगी सुखविन्दर सिंहलाई पक्राउ गरिएको थियो । सांगवान र सिंहले सोधपुछका क्रममा सोनाली फोगाटको पेय पदार्थमा ‘हानिकारक रसायन’ मिसाएको स्वीकार गरेको प्रहरीले दाबी गरेको थियो ।
भाजपा नेतृ फोगाटको अगष्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो । सुरुमा हृदयाघातका कारण उहाँकोे निधन भएको बताइएको थियो । तर, परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उहाँको हत्या गरेको आरोप लगाएका थिए । उहाँका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगटका भाइले ती सहयोगीहरूले भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका थिए । फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरिएको छ । परिवारले पत्रकारहरूलाई फोगटले उहाँको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ ।
यसैबीच, गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले शनिबार भन्नुभएको छ, पुलिसले यस केसको अनुसन्धानमा सुरुदेखि नै सहयोग गरिरहेको छ र यस घटनामा जो कोही संलग्न छन्, उनीहरूलाई पुलिसले अवश्य सजाय दिनेछ । उहाँले आरोपित सबै प्रहरीको हिरासतमा रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो । उत्तर भारतीय राज्य हरियाणाकी फोगट सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाकी सदस्य हुनुहुन्छ ।
उहाँ भाजपाका तर्फबाट सन् २०१९ मा राज्य विधानसभाको निर्वाचनमा उठनुभएको थियो तर पराजित हुनुभएको थियो । राजनीतिक जीवनका साथसाथै उहाँले भारतको मनोरञ्जन उद्योगमा पनि आफ्ना पाइला राख्नुभएको थियो । उहाँ टेलिभिजन रियालिटी शो बिग बोसकी चर्चित प्रतिस्पर्धी पनि रहिसक्नुभएको छ । उहाँले क्षेत्रीय चलचित्रहरू, टेलिचलचित्रहरू र वेब सिरिजमा अभिनय गर्नुभएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच