अर्घाखाँची । उपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गर्नुभएकाे छ । उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएकी भुसालले जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पार्नुभएकाे हाे ।
युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु नहुने भुसालकाे भनाई थियाे । 'हो नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुदैन', भुसालले भन्नुभयाे, 'नयाले अवसर पाउनुपर्छ भन्दैगर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो । उनीहरुको अधिकार कुण्ठीत गरिनुहुदैन ।'
टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख भुसालले टिकट पाउनेमा आफु विस्वस्त रहेको बताउनुभयाे । 'पार्टीले टिकट दिनेमा विस्वस्त छु, दिएनछ भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडी बढ्न तयार छु ।' भुसालले भन्नुभयाे ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच