काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।
हुस्सु, कुहिरो तथा हिमपातका कारण तापक्रम घटी चिसो बढ्ने हुँदा यसबाट जोगिने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । साथै तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने हुँदा यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच