खोटाङका आठ स्थानीय तहको लेखापरीक्षण सकियो

हिमालय टाइम्स
Read Time = 2 mins

चिसाङ शेर्पा/हिटा
खोटाङ । महालेखापरीक्षकले खोटाङको आठवटा स्थानीय तहको लेखापरीक्षण सकेको छ । दुई नगरपालिका, आठ गाउँपालिकामध्येमा एक नगरपालिका र सात गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण सकेको हो ।

स्थानीय तहको लेखापरीक्षण गर्नका लागि महालेखापरीक्षकको चार/चार जनाको दुई टोली १ भदौबाट जिल्ला पसेको थियो । महालेखापरीक्षकको कार्यालयका निर्देशक प्रमोद केसी नेतृत्वको टोलीले बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखापरीक्षण सकेको हो । सोही टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लेखापरीक्षण गरिरहेको छ । बढीमा तीन दिनमा यहाँको लेखापरीक्षण सकिनेछ ।

यस्तै, महालेखापरीक्षकको कार्यालयका निर्देशक दुर्गाबहादुर बस्नेत नेतृत्वको टोलीले हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, रावाबेंशी गाउँपालिका, ऐँसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण सकेको छ । केपिलासगढी गाउँपालिकाको लेखापरीक्षण बाँकी रहेको छ ।
प्रत्येक गाउँपालिका तथा नगरपालिका पुगेरै लेखापरीक्षण गरिएको लेखापरीक्षण अधिकारी डिल्ली खनालले बताउनुभयो । गएका वर्षहरूमा महालेखापरीक्षकको टोली सम्बन्धित स्थानीय तहमा नपुगी आफूलाई पायक पर्ने स्थानमा कागजात झिकाएर लेखापरीक्षण गराउने गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?