मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मुगु । मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिकाक वडा नं १३ बामका २६ वर्षिय गोरा बहादुर बढुवालको भिरबाट लडेर मृत्यु भएको हो ।

नगरपालिकाको १४ नं वडामा रहेको पिलेको धारा भन्ने स्थानमा भिर बाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवाष हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगत केही दिनदेखि मृतक बढुवाल भेडा चराउन जंगलमै बसोबास गर्दे आई रहेका थिए । उनको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?