काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलोपटक ८२८ रियलमी फ्यान फेस्टिबल आयोजना गरेको छ । रियलमीको चौथो वार्षिकोत्सवका अवसरमा हात्तीवन रिसोर्टमा कार्यक्रम आयोजना गरेको हो । रियलमी ८२८ फ्यान फेस्टिबलको मुख्य उद्देश्य रियलमी फ्यानसँग अझ नजिक हुनु र रियलमी परिवारलाई सामाजिक गतिविधिजस्तै पदयात्रा र वातावरणीय सरसफाइ अभियानमा संलग्न गराउनु रहेको कम्पनीले जनाएको छ । ८२८ फ्यान फेस्टिभब रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनसाथ दिनभर मनाइएको थिया ।
कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरी र हेनरी साथ रियलमी फ्यानको सहभागिता थियो । सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड गिरीले भन्नुभयो, ‘यो कार्यक्रम पूर्णरूपमा रियलमी फ्यानका लागि आयोजना गरिएको हो । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छ । भविष्यमा पनि हामी यस्तै कार्यक्रम आयोजना गर्ने वाचा गर्दछौं, जहाँ हामी हाम्रा ग्राहकको वास्तविक प्रतिक्रिया लिन सक्छौं ।’
कम्पनीका अनुसार कार्यक्रमका प्रमुख आकर्षणमा हाइकिङ, वातावरण सरसफाइ र फोटो अफ द डे प्रतियोगिता रहेका थिए, जहाँ समिन श्रेष्ठ फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताका रूपमा रियलमी सी ३० जित्न सफल हुनुभएको थियो । साथै ८२८ विभिन्न खेल, गिफ्ट हृयाम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदानप्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच