-रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा व्यक्तिसँगको भिडन्तमा चितुवा मरेको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ६ मा आइतबार ब्यक्तिसँगको भिडन्तमा चितुवा मरेको हो । कुखुराको फार्ममा पसेको चितुवा लखेट्ने क्रममा ब्यक्ति र चितुवासँगको भिडन्त हुँदा चितुवा मरेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
रेसुंगा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय यमबहादुर कुँवरको फार्ममा आइतबार बिहान चितुवा पसेको थियो । आफू दैनिकी कामका लागि कुखुरा फार्ममा जाँदा चितुवाले कुखुरा मारिरहेको देखेको युवा कुँवरले बताउनुभयो ।
‘म कुखुरा फार्ममा जाँदा चितुवाले कुखुरा मारिरहेको अवस्था देखें ।’ युवा कुँवरले भन्नुभयो, “मैले साहस गरें, चितुवासँग लड्दा चितुवा मार्न नखोजे पनि म बच्न खोज्दा चितुवा मर्न पुग्यो ।” आफू बाँच्न खोज्दा चितुवालाई क्षति पुगेको उहाँले बताउनुभयो ।
आफू र चितुवाबीचको लडाइँ १० मिनेट सम्म चलेको उहाँले बताउनुभयो । हातहतियार प्रयोग बीना उनीहरुको लडाइँ भएको थियो । यता डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले चितुवाको घटनास्थलको मुचुल्का तयार गरी चितुवाको ब्यबस्थापन गरिएको छ ।
कार्यालय परिसरमै चितुवाको ब्यबस्थापन गरिएको र मृत चितुवामा कुनै प्रकारको हात हतियार प्रयोग भएको नपाइएकाले परिसरमै ब्यबस्थापन गरिएको उहाँले बताउनुभयो । घाइते कुँवरको गुल्मी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । चितुवाले कुखुरा फर्ममा रहेका ६१ वटा कुखरा मारेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच