शंखमुल पुलबाट बागमती नदीमा हाम फालेपछि …

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । ललितपुरको शंखमुल पुलबाट वागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् ।

‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मी जिरेल माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी थिइन् ।

उनका श्रीमान जितेन्द्रले नदीमा हाम फालेर ज्यान जोगाएका हुन ।

श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् । तर, उनका श्रीमान माझीले पाँच वटै छोरा आफ्नो भएको दावी गरे ।

उनका श्रीमान जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् । कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् ।

माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?