जलजलामा कानुनविपरीत निकालिएको नदीजन्य वस्तुको लिलाम बिक्री गर्ने

हिमालय टाइम्स
Read Time = 3 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिकाले कानुनविपरीत कालीगण्डकी नदीमा उत्खनन गरिएको नदीजन्य वस्तुको लिलाम बिक्री गर्न अनुगमन गरिएको छ । सर्वोच्च अदालतको आदेशविपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य वस्तुको जफत गरेको थियो । जलजला गाउँपालिकाले सरोकारवालाहरूको सहयोगमा अवैध रूपमा उत्खनन गरिएको नदीजन्य वस्तुको लिलाम बिक्री गर्न सोमबार नापजाँच गरेको छ ।

पर्वतको वारि बेनीदेखि डम्मु खोलासम्म कालीगण्डकी नदीमा अवैध रूपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुको लिलाम बिक्रीको लागि नापजाँच गरेका छन् । जलजलाको लामाखेत, मोहन चोक, मिलनचोक, केराबारी, लस्ती फोर्से, खन्याघाट लगायतको क्षेत्रमा अवैध रूपमा उत्खनन गरेर थुपारिएको बालुवाको लिलाम बिक्री गर्न अनुगमन गरिएको जलजला गाउँपलिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दिपक आचार्य, (आकाश ) ले जानकारी दिनुभयो ।

साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकनविपरीत उत्खनन गरिएको बालुवालाई लिलाम बिक्री गराउन गाउँपालिका उपाध्यक्ष दीपक आचार्य, जिसस र पालिका इञ्जिनियर, सुरक्षाकर्मी लगायतको उपस्थितमा किनारमा थुपारिएको नदीजन्यवस्तु नापजाँच गरिएको थियो । गाउँपालिकाको उपाध्यक्ष नेतृत्वमा तयारी पारिएको प्रतिवेदनलाई कार्यपालिकाको छलफलबाट लिलाम बिक्रीका लागि प्रक्रिया अघि बढाउने उपाध्यक्ष आचार्यले बताउनुभयो ।

गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरू शिल गरिएको थियो । वर्षातको समयमा उत्खनन गर्न नपाउने नियम हुँदाहँुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गर्ने बेच्ने गरेका छन् । राजनीतिक दल, जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायको संरक्षणमा पर्वत खण्डमा कानुन विपरित ठेक्का नलागेको ठाउँमा उपकरण प्रयोग गरेर अवैध रूपमा बालुवा उत्खनन बढिरहेको जनगुनासो छ । म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा कानुनविपरीत नदीजन्य वस्तुको उत्खनन बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?