भ्रष्टचार निरोध, निर्वाण प्राप्तिका लागि पञ्चशीलको महत्व

Read Time = 7 mins

✍️ नारायणबहादुर गुरुङ

पानातीपाता वेरामनी शिखापदम समादयामी ।
अदिन्नदाना वेरामनी शिखापदम समादयामी ।
कामेसु मिच्छचारा वेरामनी शिखापदम समादयामी ।
मुसावादा वेरामनी शिखापदम समादयमी ।

सुरा-मेरो-मज्ज-पमादथाना वेरावनी शिखापदम समादयामी ।
- कुनै पनि प्राणीलाई शरीरले, वचनले, चित्तले (मनले) हिंसा नगरौँ ।
- कसैले नदिएसम्म अरूको चिजबिज आफू खुशी नलिऊँ ।
- परस्त्री वा परपुरुषसँग व्याभिचार नगरौँ ।
- झुटो बोल्ने अरूको कुरा काट्ने विनासित्तीको गफ गरेर समय नबिताऊँ ।
- मन मष्तिकलाई भ्रमित पार्ने र स्वास्थ्यलाई हानी पुर्‍याउने मादक पदाथ, सुर्ती, खैनी, लागू पदार्थ नखाऔं, मोजमज्जामा दिन नबिताऊँ ।
पञ्चशील गौतम बुद्धले हामी जस्तो गृहस्थहरूलाई दुःखबाट मुक्ति पाउन हाम्रो दैनिक जीवनमा पालना गर्नुपर्ने शील (आचरण) बारेको शिक्षा हो । निर्वाण पाउनका लागि तीनवटा तह पूरा गर्नुपर्ने बाटो देखाउनुभएको छ । शील, समाधी र प्रज्ञा यी तीन तह हुन् । शील पालनाविना उपल्लो तहमा जान सम्भव छैन । शीलको पालनाबाट जीवनमा सुख शान्ति पाउन सकिन्छ ।

लोभमा परेर भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर सजिलैसँग प्रशस्त धन कमाउने कुविचारले सर्वहारा वर्गको मुक्तिका लागि लडेकाहरूले आफूमात्रै होइन छोराहरूलाई पनि चुर्लुम्म डुबाए । ठगिएका भनिएकाले पनि यो गैरकानुनी हो अनैतिक हो भन्ने कुरा जान्दाजान्दै लोभको कारण दुःख पाए ।

मानव जीवनमा दुःख छ र विभिन्न भयबाट आक्रन्त छन् । ती दुःखका कारण हामीभित्र भएको लोभ, रिस, इष्र्या र मोहका कारण सिर्जित भएका हुन् भन्ने कुरा बुद्धले भन्नुभएको छ । साँचै गहिरिएर विचार गर्ने हो भने हामीले यो सत्यलाई अनुभव गर्न सक्छौं । शीर्षकमा भ्रष्टाचार भएको र नेपाली समाज अहिले भ्रष्टाचारबाट आक्रान्त भइरहँदा यस बारेमा शील पालानाले कसरी भ्रष्टाचार निरोध गर्छ भन्ने बारे मेरो विचार राखेको छु ।

बौद्ध साहित्य धम्मपदको एक ठाउँमा यसो भनिएको छ जसरी प्वाल परेको छानो बेलैमा मर्मत नगरे वर्षातमा पानी चुहिन्छ त्यसरी नै हामीले आफ्नो मनलाई लगाम लगाएनौं भने हामीलाई भ्रष्ट बनाउँछ’ । भ्रष्ट बनाउन लोभको ठूलो भूमिका छ । लोभमा हामी जो कोहीलाई पनि भ्रष्ट बनाउने तागत छ । संस्कृतको एउटा श्लोकमा लोभलाई एकदम ठूलो रोग भनिएको छ ।
नास्ती लोभसमो व्याधिः नास्ती क्रोधसमोरिपुः ।
नास्ती दरिद्रवद दुःखं नास्ती ग्यानासरं सुखम् ।
-लोभ जस्तो दोस्रो रोग छैन, रिस समान कोही शत्रु छैन, गरिबी जस्तो कुनै दुःख छैन, ज्ञानभन्दा ठूलो सुख छैन । लोभले हामी सबैलाई भ्रष्ट बनाउन सक्छ यदि हामीले आफ्नो मनलाई सही तालिम दिन सकेनौं भने । भरखरकै नक्कली भुटानी शरणार्थी काण्डलाई हेरौं । लोभमा परेर भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर सजिलैसँग प्रशस्त धन कमाउने कुविचारले सर्वहारा वर्गको मुक्तिका लागि लडेकाहरूले आपूmमात्रै होइन छोराहरूलाई पनि चुर्लुम्म डुबाए । ठगिएका भनिएकाले पनि यो गैरकानुनी हो, अनैतिक हो भन्ने कुरा जान्दाजान्दै जसरी भए पनि अमेरिका जाने पैसा कमाउने, सुख साथ जीवन बिताउने लोभको कारण दुःख पाए । यसले शील पालनाले आउन सक्ने दुःखबाट टाढै राख्ने कुरा छर्लंग पार्छ ।

पञ्चशील पालना गर्न बौद्धधर्मालम्बी नै हुनुपर्छ भन्ने जरुरी छैन । यो मार्ग त महान् वैज्ञानिक न्युटनको गुरुत्वाकर्षणको सिद्धान्त जतिकै ध्रुवसत्य छ । जुनसुकै धर्मालम्बी, जुनसुकै राजनीतिक विचारधारा बोकेकाहरू, वर्ण, संस्कृतिकाले पनि निसंकोच पालना गर्न सकिने मार्ग हो । नराम्रा कामहरूले दुःख दिँदो रहेछ शिलपालनाले दुःखबाट बचाउने भयो । त्यसकारण मानिसहरूको मनमा केही होइजाला कि भन्ने भयबाट मुक्त हुने भयो र सुखी हुने भयो । मेरो विचारमा यही हो निर्वाणको दर्शन पाउनु (साक्षत्कार) भनेको, अनुभव गर्नु भनेको । मृत्युपछि के हुन्छ कसैलाई थाहा छैन किनभने आजसम्म आफ्नो अनुभव सुनाउन कोही फर्केर आएका छैनन् । यदि राम्रै गरी राखेर साँचिकै भए परलोकमा पनि अवश्य राम्रै फल पाइनेछ ।
त्यसैले तलको कुरा मनन गरौं :
शिलेन सुगतिम यन्ती
शिलेन भोग सम्पदा
शिलेन निब्बुतिम् यन्ती
तस्मा शिलम विसोधाये ।
-नैतिकतामा रहेर सूख खोजौं ।
-आफ्नो परिश्रमबाट कमाएको सम्पतिलाई सदुपयोग गर्दै खुशी रहौं ।
-शील पालनाबाट नै निर्वाण पाइन्छ ।
-तसर्थ आफ्नो शील (आचरण) लाई विशुद्ध पारौं ।
संघाई चीन, (गुरुङ इन्जिनियर हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?