युक्रेनका राष्ट्रपति जेलेन्स्की आज अमेरिका भ्रमणमा जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आज (बुधबार) अमेरिका भ्रमणमा जानुहुने भएको छ ।

भ्रमणको क्रममा वासिङटन पुग्नु हुने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरूलाई उपस्थिति जनाउन अपिल गर्नुभएको छ । भ्रमणकै क्रमा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको छ ।

यसअघि जेलेन्स्कीले युक्रेनको राजधानी कीभमै बसेर विदेशी नेताहरूसँग प्रत्यक्ष, टेलिफोन र अन्य भर्चुएल माध्यमबाट संवाद गर्दै आउनुभएको थियो ।

उहाँको यो भ्रमणले युद्धकाबीच अमेरिकाले खेलेको सहयोगी भूमिकाको प्रशंसा हुने निश्चित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?