सुदूरपश्चिम छनोट शुक्रबारदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, हृयाण्डबल, ब्याडमिन्टन, टेबलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खोखो, बुद्धिचाल, कुस्तीलगायत खेल समावेश गरिएको छ । छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुनेछन् ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन जिल्ला–जिल्लाबाट खेलाडी कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?