बैतडीमा बुहारी नाता पर्ने महिलामाथी बलात्कारको प्रयास

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्बर बोहरा

बैतडी । बैतडीको सिगास गाउँपालिका-५ मा एक ४८ वर्षीय पुरुषमाथी जवरजस्ती करणीको आरोप लागेको छ । बुहारी नाता पर्ने २३ वर्षीय महिलाले आफुमाथी जबरजस्ती करणी गरेको आरोप लागाउदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।

यहि भाद्र १९ गते राती अन्दाजी १० बजेको समयमा ढोका फुटाएर आफुमाथी जबरजस्ती करणीको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ । रातीको समयमा सुत्ने कोठामै आएर आफुमाथी हातपात गरेको र बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

‘घरमा छोरी र म थिए, ढोका फुटाएर ती पुरुष मेरो सुत्ने कोठामा आए,’ पिडित महिलाले भनिन्, ‘मेरो ढाडमा खुट्टा राखे, अनि घाँटीमा समातेर बलात्कारको प्रयास गरे, लुगा च्याते, अनि मैले नजिकै रहेको हसियाले प्रतिकार गरे, अनि राती नै भागेकी हु, पिडीत महिलाले भनिन् । भोली पल्ट बिहानै वडाका जनप्रतिनिधिहरुलाई आफुमाथी घटेको घटनाको जानकारी गराएपनि वडाबाट कुनै सकारात्मक प्रतिक्रिया नपाएपछि आफुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको ती महिलाले बताइन ।

रोजगारीको सिलसिलामा भारत रहेका श्रीमानलाई घर बोलाएर प्रहरीमा निवेदन दिएको ति महिलाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार जाहेरी परेको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । आरोपीत पुरुष फरार रहेका छन् । महिलाको पनि परिचय खुल्न सक्ने भएकाल पुरुषको परिचय पनि गोप्य राखिएको छ ।

आफन्तबाटै करणीको मुद्धा आएकोले आरोपीतको परिचय नखुलाइएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?