काठमाडौँ । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका-९ घर भई चन्द्रागिरि-९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । उक्त चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।
पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुन र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ ।
प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच